जोशीलाई पेसी नतोक्ने प्रधानन्यायाधीश जबराको घोषणा

Jabara

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई मुद्दामा पेशी नतोक्ने घोषणा गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा पुगेर उनले बुधबारदेखि जोशीलाई मुद्दा नतोक्ने घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा भने, ‘न्यायालयको जनआस्थालाई माथि उठाउनका लागि मैले जोशीलाई पेशी नतोक्ने कठोर निर्णय लिएको हुँ ।’ यसअघि वरिष्ठतम न्यायाधीश जोशी प्रधानन्यायाधीशका लागि गत जेठ २९ गते संवैधानिक परिषद्को सिफारिशमा परे पनि संसदीय सुुनुवाइबाट अस्वीकृत भएका थिए ।

 

प्रतिकृया दिनुहोस