चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम ५ वर्षभित्र हटाइने शिक्षामन्त्री पोखरेलको भनाई

Giriraj mani pokrel

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सीटीईभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम ५ वर्ष्भित्र हटाउने विषय चिकित्सा शिक्षा ऐनमा राख्न नहुने बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको छलफलमा यस विषयमा अध्ययन गर्न सरकारले आयोग बनाएको भन्दै आयोगको सुझाव अनुसार मात्र जान सकिने बताएका हुन् ।

हाल प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९सीटीईभीटी० मार्फत चिकित्सा शिक्षाको माध्यमिक र उच्च माध्यमित तहको पढाइ भइरहेको छ । तर डाक्टर गोविन्द केसीसँगको सरकारको सहमतिमा सीटीईभीटी अन्तर्गतका कार्यक्रम ५ वर्षभित्र फेजआउट गर्ने सहमति छ ।

मन्त्री पोखरेलले सहमति भए पनि आयोगले तीन महिनाभित्रमा प्रतिवेदन दिने भन्दै प्रतिवेदनअनुसार नै जान सकिने बताएका छन् । यस्तै कांग्रेस सांसद गगन थापाले पनि सम्झौताअनुसार नै सीटीईभीटी अन्तर्गतका कार्यक्रम फेजआउट गर्नुपर्ने बताएका छन् ।

उनले केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा ऐन बन्नुपर्ने धारणा व्यक्त गरे । काठमाडौं बाहिर मेडिकल कलेज खोल्न दिने सन्दर्भमा विषयमा कांग्रेस उदार रहेको उनले बताए । पूर्व्शिक्षा मन्त्री चित्रलेखा यादवले सम्झौता पालना नभए गोविन्द केसी फेरि अनसन बस्ने चेतावनी दिए । यस्तै पूर्व्शिक्षामन्त्री खगराज अधिकारीले सरकारले ‘तोके बमोजिम’ भन्ने शब्दावली राखेर अगाडि बढ्न सकिने धारणा राखे ।

प्रतिकृया दिनुहोस