प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश जबराका विषयमा आज सुनुवाइ हुने

Cholendra

काठमाडौं ।  प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश चोलेन्द्र शमशेर जबराका विषयमा आज सुनुवाइ हुने भएको छ । गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाई गर्ने क्रममा सङ्घीय संसदका कर्मचारीहरूले आन्दोलन गरेपछि सुनुवाइ प्रभावित बनेको थियो ।

सांसदहरूले गरेका प्रश्नको आज जबराले जवाफ दिनुहुनेछ । कर्मचारीको आन्दोलनका कारण स्थगन गरिएको सुनुवाइ आज बिहान ११ बजे गर्ने समितिले तयारी गरेको छ । जबराका विषयमा ९ वटा उजुरी परेका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आजबाट अवकाश पाउनेछन् ।

यसअघि संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशी पनि यसपटक प्रधानन्यायाधीश बन्ने लाइनमा थिए । तर संवैधानिक परिषदले जबराको नाम मात्रै अनुमोदन गरेको छ ।

संविधानको धारा १२९ उपधारा २ मा ’संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने’ व्यवस्था छ ।

प्रतिकृया दिनुहोस