कन्चनपुरमा जैविक मार्गमा म्याराथन मार्च, साँढे १३ सयले लिए भाग

Daud 1

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्चमा हाफ म्याराथनमा सशस्त्र प्रहरीका सन्तोष विष्ट प्रथम भएका छन् । भीमदत्त नगरपालिका १ भाँसीका विष्टले २१ किलोमिटर एक घण्टा ११ मिनेटमा दुरी पार गर्दै प्रथम भएका हुन् ।

विष्टले नगद ३० हजार सहित प्रमाण पत्र हात पारे । जितेन्द्र दंगाल र मोहन जोशीले दोस्रो र तेस्रो भए । उनीहरुले २० हजार र १० हजार नगद सहित प्रमाण पाए ।

महिला खुला (१० किलोमिटर) दौडमा पुष्पा पाण्डेय प्रथम भएकी छन् । फुटलब खेलाडी पाण्डेयले नगद १५ हजारसहित र प्रमाण हात पारिन् । नेपाली सेनाको २५ नम्बर बाहिनीमा कार्यरत लक्ष्मी सुतारा द्धितीय र खैरभट्टीकी पूजा ओड तृतीय भइन् । उनीहरुलाई नगद १० हजार र ७ हजार पुरस्कारसहित प्रमाण पत्र प्रदान गरियो ।

छात्रा छात्र दौड प्रतियोगितामा छात्रातर्फ लक्ष्मी मावि बागफाँटाकी लक्ष्मी बम प्रथम, सिद्धनाथ अमर मावि गड्डाचौकीकी रेखा चन्द द्धितीय र पूर्णा मावि ऐरीकी ममता भट्ट तृतीय भइन् । छात्र दौडमा पूर्णा मावि ऐरीका विवेक सुनार, डायमण्ड पब्लिक एकेडेमीका सञ्जिव नेपाली र बैजनाथ माविका लक्ष्मण भण्डारी तृतीय भए ।

छात्र छात्रा दौडका विजेताहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरियो । छात्र छात्राको ५ किलोमिटर र खुला महिला १० किलोमिटर दौड दुरी राखिएको थियो ।

भीमदत्त नगरपालिकामा आइतबार जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको थियो । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको म्याराथनमा म्याराथन धावक बैकुण्ठ मानन्धर सहित हजारौ स्थानीय सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाले भीमदत्त समृद्धिको आधार, पर्यटन, शिक्षा, कृषि र व्यापार भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगितामा १ हजार ३ सय ४७ खेलाडीले भाग लिएका छन् । म्याराथन धावक मानन्धर प्रतिस्पर्धीसँगै दौडमा समेत सहभागी भए ।

प्रतियोगितामा सबैभन्दा बढी हाफ म्याराथन खुल्लामा ७ सय १३ जनाले प्रतिस्पर्धा गरेका छन् । यसैगरी १ सय ९७ छात्रा र २ सय ६९ छात्रले भाग लिएका छन् । खुला महिलाामा १ सय ६९ जनाले प्रतिस्पर्धा गरेका छन् । सिद्धनाथ मन्दिरमा गरिएको समापन कार्यक्रममा सांसद घनश्याम भुसाल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट संरक्षण र सह संरक्षकविष्ट, म्थाराथन धावक बैकुण्ठ मानन्धर, भीमदत्तका नगर उपप्रमुख सुशिला चन्द सिह लगायतका नेताहरुले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रमाण पत्र प्रदान गरे ।

पूर्व मन्त्री भुसालले उद्घाटन गरेको सो प्रतियोगितामा कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दिपकप्रकाश भट्ट, सुदूरपश्चिम सरकारका वन, वातावरण, उद्योग तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, प्रदेश सभा सदस्यहरु लालबहादुर खड्का, मानबहादुर सुनार, भीमदत्त नगरपालिकाका पूर्व नगर उपप्रमुख ईश्वरीप्रसाद खरेल, जनप्रतिनिधि, खेलाडी, प्रशिक्षक स्थानीय सहभागी भएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...