नेविसंघ महाधिवेशन फेरि अनिश्चित : ७७ मध्ये पाँच जिल्लाको अधिवेशन सम्पन्न, झापामा विवाद

Nebi

काठमाडौं । विद्यालय, क्याम्पसदेखि जिल्लाहरूको अधिवेशन नै समयमा हुन नसकेपछि नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन निर्धारित समयमा हुनेमा फेरि पनि अन्योलता देखिएको छ । तालिकाअनुसार शनिबारसम्ममा ७७ वटै जिल्लाको अधिवेशन सकिइसक्नुपर्ने थियो । तर, सात जिल्लाको अधिवेशन पनि सकिएको छैन ।

अहिलेसम्म भोजपुर, ताप्लेजुङ, अर्घाखाँची, हुम्ला, डोल्पा र झापा जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको अध्यक्ष नैनसिंह महरले जानकारी दिए । कार्यतालिकाअनुसार विद्यालय, क्याम्पस र जिल्लामा अधिवेशन भएर प्रदेशको अधिवेशनमा संघ जुट्नुपर्ने हो । तर, अझै पनि धेरै जिल्लामा विद्यालयदेखि क्याम्पससम्मको अधिवेशन सकिसकेको छैन । जसले गर्दा अब प्रदेश र केन्द्रको अधिवेशन प्रभावित हुने भएको हो । कार्यतालिकाअनुसार २८ पुसदेखि महाधिवेशनको कार्यक्रम सुरु हुनुपर्नेछ ।

पार्टीको महासमिति बैठकका कारण अधिवेशनको तालिका प्रभावित हुन पुगेको दाबी नेविसंघका नेताहरूले गरेका छन् । झापामा अधिवेशन भए पनि असन्तुष्ट कृष्णप्रसाद सिटौला पक्षले समानान्तर अधिवेशन गरेर नेतृत्व चयन गर्दा भएको जिल्लामा पनि विवाद देखिएको छ । समयमा गर्न नसकेपछि माउ पार्टी कांग्रेसले नेविसंघलाई २ माघसम्म महाधिवेशन गर्न समय दिएको थियो ।

पहिलेदेखि नै विवादित रहेका जिल्लाहरू सिरहा, धनुषा, रौतहट, पर्सा, रुपन्देही, कास्की, मुस्ताङ, सुर्खेत, सोलुखुम्बु, भक्तपुर र कञ्चनपुरमा सहमतिमै अधिवेशन गर्न आफूहरू लागेको महरले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...