आर्सनलमाथि लिभरपुलको शानदार जित, लेष्टर सिटी र टोटनह्याम पराजित

333333333333 780x405

 काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले आर्सनललाई ५–१ ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई फराकिलो जित दिलाउन रोबर्टो फर्मिनोले ह्याट्रिक गर्दा मोहोमद सालाह र सादियो मानेले एक–एक गोल थपे । जितसँगै लिरभपुलले अंक तालिकाको दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ९ अंकको अग्रता लिएको छ ।

गएराति भएको खेलमा टोटनह्यामलाई वुल्भरह्याम्पटन वान्डरर्सले ३–१ ले हरायो । यसैगरी लेष्टर सिटीलाई कार्डिफ सिटीले १–० ले हराउँदा ब्राईटनले एभर्टनमाथि तथा फुल्हमले हडर्सफिल्ड टाउनमाथि १–० कै जित निकाले । गएराति वाट्फोर्ड र न्युकासल युनाईटेडले १–१ गोलको बराबरी खेले ।

इङ्लिस प्रिमियर लिग फुटबलमा आज ४ खेल हुनेछन् । आज क्रिष्टल प्यालेस र चेल्सी भिड्दा म्यान्चेस्टर सिटी र साउथह्याम्प्टन, म्यान्चेस्टर युनाईटेड र बर्नमाउथ तथा बर्न्ले र वेष्ट ह्याम युनाईटेड आमने–सामने हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...