सरकारले गर्न चाहेका नवीन कामहरुमा अवरोध सिर्जना भयो: सञ्चारमन्त्री बास्कोटा

Gokul baskota

काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेका नवीन कामहरुमा अवरोध सिर्जना भईरहेको बताएका छन् । आज काठमाण्डौमा भएको क्यान फेडरेसनको २५ औ वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले घोषणा गरेका नविन काम अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको गुनासो गरे ।

विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारालाई काम गर्न अप्ठ्यारो पर्ने गरेको पनि उनले बताए
उनले सरोकारित र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्राधिकार मिच्ने परिपाटीका कारण समस्या सिर्जना भएको दाबी गरे ।

डिजिटल नेपालको लक्ष्य पुरा गर्ने सन्र्दभमा केही अप्ठ्याराहरु सिर्जना हुने गरेको उल्लेख गर्दै उनले विद्युतीय कारोबार सम्बन्धी ऐनहरुलाई सहज बनाउदै लगिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...