राजपामा सल्कियो विवादको आगो, निभाउन महतोलाई सकस

Rajendra mahato

जनकपुर । मधेशमा एकछत्र राजनीति गर्ने भन्दै एक भएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा आन्तरिक विवाद बढ्दै गएको छ । यतिसम्मकी अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोकै पुत्ला समेत दहन गर्ने अवस्था आएको छ ।

राजपाभित्र गुट उपगुट बढ्दै गएपछि शुक्रबार राजपाका केन्द्रीय सदस्य तथा प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साहको नेतृत्वमा नेता कार्यकर्ताहरुले अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुतला नै दहन गरियो । यसले राजपामा तीव्र मतभेद मात्रै छैन, अब उक पार्टी बनेर बस्न सक्ने अवस्था पनि छैन ।

खासगरी संयोजक महतोले धनुषा अध्यक्ष मण्डलका ६ जना सदस्य मध्येबाट देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानुलाई सदस्यमा मनोनित गरेपछि विवाद चर्किन थालेको छ ।

पार्टीको महाधिवेशन नजिकिँंदै गर्दा संयोजक महतोले यसरी अध्यक्ष मण्डलमा फेरदल गर्नु नै उनको लागि प्रत्युत्पादक मानिएको छ । महतोले व्यक्तिगत रुपमै पार्टी विधान र नीति नचलेको भन्दै एकल निर्णय र हैकमवाद उचित नरहेको सचेतक परमेश्वर साह बताउँछन् ।

गुट–उपगुटमा विभाजित भइ एक पक्षले अर्को पक्षको अस्तित्व स्वीकार गर्न नसक्ने भएपछि आन्दोलनमै उत्रिएका छन् । शरतसिंह भण्डारी नेतृत्वको तत्कालिन राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट अध्यक्ष मण्डलका सदस्य रहेका मण्डललाई हटाएर उनकै पार्टीका विद्यार्थी नेता झालाई सदस्य बनाएपछि महतोको तीव्र विरोध भइरहेको छ ।

अध्यक्ष मण्डलबाट हटाइएका मण्डल र महन्थ ठाकुर पक्षधर नेता कार्यकर्ताहरुबीत बोलचालसमेत बन्द हुने अवस्था आएको छ । महतोले हैकमवादी प्रवृत्ति देखाउँदै अध्यक्ष मण्डलबाट आफूलाई हटाएको आरोप नेता मण्डलको छ । महतोको निर्णयलाई व्यक्तिवादी निर्णय भन्दै विरोध गरेको उनले बताए ।

पार्टीभित्र कलह बढेको अवस्थामा शनिबार केन्द्रीय सदस्य तथा जिम्मेवार पदाधिकारीहरुको अनौपचारिक बैठकले सचेतक साहकै उपस्थितिमा महतोको पुतला दहन हुनुलाई निन्दनीय ठहर गरेको छ । अध्यक्ष मण्डलका सदस्य संजय सिंहको नेतृत्वमा बसेको बैठकमा जिम्मेवार नेताले नै पुतला दहन गरेकोमा पार्टीकै अपमान ठहर पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...