सातै प्रदेशबाटै श्रम स्वीकृति , अब काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य

Social security fund

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि सातै प्रदेशबाट श्रम स्वीकृति जारी गर्ने भएको छ । योसँगै वैदेशिक रोजगारीमा जानेहरुले लागि श्रम स्वीकृति लगायतका कामका लागि अब काठमाडौं धाउनुपर्ने बाध्यता पनि अन्त्य हुनेछ ।

वैदेशिक रोजगारीस“ग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले सरकारले भोलिदेखि प्रदेशबाटै पुनः श्रम स्वीकृति जारी गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए ।

भोलि पहिलो चरणमा प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रदेशस्थित ती कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन लगायतका कार्य गरिनेछ ।

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने लगायत कार्य पनि प्रदेशस्तरमै हुने मन्त्रालयले जनाएको छ ।

अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारस“ग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पुर्र्याइको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने तयारी मन्त्रालयको छ ।

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउ“बाट मात्र हु“दा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...