बल्ल सकियो नेकपाको स्थायी समिति बैठक, पुसमै फेरि अर्काे बैठक बस्ने

Ncp sthayi comeetti

काठमाडौं । दुई अध्यक्षको राजनीतिक प्रतिवेदन पारित गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सकिएको छ । अब सो प्रतिवेदन सचिवालयमा पेश हुनेछ ।

मंसिर २९ गतेबाट सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्‍याउन नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । यही आलोचनाको विषयलाई समेत समेट्ने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

दुई सतासम्म चलेको सो बैठकले संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । जसमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदराम भुसाल र लेखराज भट्ट रहेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले केही दिनअघि राखेको प्रस्तावका आधारमा यो निकास निकालिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यही पुस ११ गतेको बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता, राजनीतिक दस्तावेज र सरकार सञ्चालनसम्बन्धी नयाँ प्रस्ताव राखेका थिए ।

२९ मंसिरदेखि जारी स्थायी समितिमा ४७ नेताले धारणा राखेपछि दाहालले बुधबार प्रश्नहरुको जवाफ दिँदै यी विषयमा ‘समाधानका सूत्र’ भन्दै नयाँ प्रस्ताव राखेका हुन् । शुक्रबार गठित कार्यदलले अध्यक्षद्वयलाई सुझाव प्रतिवेदन पेस गरेपछि यही पुस मसान्तअगावै स्थायी समितिको अर्को बैठक बस्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...