शिवराज राष्ट्रपति रनिङ शिल्ड समयथान माविलाई

Sports kapilbastu

कपिलवस्तु । शिवराज प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि समयथान माध्यमिक विद्यालय खरेन्द्रपुरले उचालेको छ ।

पुस ८ देखि चन्द्रौटामा विभिन्न ३४ विधामा भएको खेलमा सर्वाधिक ६४ अंक प्राप्त गर्दै समयथान माबिले प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हात पारेको हो ।

सो प्रतियोगीतको दोस्रो स्थान नेपाल आर्दश मावि शिवपुरले हात पारेको छ भने तेस्रो स्थानमा प्रकाश मावि सुन्दरीडाँडा र राष्टि«य मावि चन्द्रौटाले सान्त्वना स्थान प्राप्त गरे ।

५ दिनसम्म निरन्तर संचालनमा रहेको रनिङ शिल्ड प्रतियोगीतामा ५२ विद्यालयका छात्र छात्राले सहभागीता जनाएका थिए । खेल विद्यालयको प्राथमिक निम्न माध्यमाकि र माध्यामिक गरी तीन तहमा संचालन गरिएको शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माले बताए ।

समापन समारोहलाई ईलाका प्रसासन कार्यलय चन्द्रौटाका प्रमुख नरबहादुर खडका, शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरी, कार्यपालिका सदस्य सिवि गहतराज, नेपाल आर्दश माविका प्रार्चाय मुक्तिनाथ पोख्रेल लगायतले खेल क्षेत्रको विकासका लागि राज्यले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...