प्रदेश सभा ३ को बर्षे अधिवेशन आजबाट अन्त्य हुँदै

Pradesh sabha 3 metting

काठमाडौं । प्रदेश सभा ३ को जारी बर्षे अधिवेशन आजबाट अन्त्य हुँदैछ ।

प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यलयबाट प्राप्त पत्र पढेर बैठक अन्त्य भएको घोषणा गर्नुहुने संसद सचिवालयले जनाएको छ । सरकारको सिफारिसको आधारमा प्रदेश प्रमुखले संसद अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

आजको बैठकमा प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

प्रदेश सवारी तथा यातायात सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफल पछिको प्रतिवेदन निर्णयार्थ पेश हुने कार्य व्यवस्था परामर्श समितिका सचिव सुनिता गजुरेलले जानकारी दिनुभयो ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएपनि अवधी नपुगेको कारण कार्यसूचीमा चढेको छैन ।

स्थानीय तहका पदाधिकारी र सदस्यहरुको सेवा सुविधा ऐनमा पनि संशोधन गर्नुपर्ने भएकाले संशोधन सम्बन्धी दुवै ऐन एकैपटक प्रस्तुत गर्ने दलहरुका बीचमा सहमति भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...