जैविक धार्मिक मार्गमा म्याराथुन मार्च हुने, तयारी तीव्र

Myarathun kanchanpur

महेन्द्रनगर । आगामी आइतबार भीमदत्त नगरपालिकामा जैविक धार्मिक मार्ग म्याराथुन मार्च हुने भएको छ । रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटकीय मार्गमा आइतबार हुने म्याराथुन मार्चको तयारी तीव्र बनाइएको छ ।

भीनपा सामाजिक विकास समितिका सभापति हरकसिह धामी नेतृत्वमा गठित प्रतियोगिता मूल आयोजक समिति तयारीमा जुटेको छ । मूल समिति सहित विभिन्न उपसमितिहरु त्यारीका लागि सक्रिय रुपमा लागेका छन् ।

सहभागी दर्ता, प्रचारप्रसार, पूर्वाधार निर्माण लगायतका तयारीलाई तीव्रता दिएको संयोजक धामीले बताए । म्याराथुन मार्चमा सहभागी हुने व्यक्तिले नगरपालिका कार्यालयमा नाम दर्ता गरिरहेका छन् भने प्रतियोगिता सुरु हुन अघिसम्म पनि म्याराथुनमा भाग लिन नाम दर्ता गर्न सकिने मूल समितिका संयोजक धामीले जानकारी दिए ।

प्रतियोगितामा विद्यार्थी, महिला र पुरुषहरुले भाग लिन सक्ने छन् । मूल आयोजक समितिका अनुसार छात्र छात्राका लागि ५ किलोमिटर दौड, पुरुष हाफ म्याराथुन, महिला खुला म्याराथुन र महिला पुरुष खुला म्याराथुन दौड गरिने उल्लेख गरिएको छ ।छात्र छात्रा दौड प्रतियोगितामा एक विद्यालयबाट ५ छात्र र ५ छात्रा गरी १० विद्यार्थीले भाग लिन पाउने छन् ।

प्रतियोगिताका प्रथम हुनेले १० हजार, द्धितियले ७ हजार, तृतीयले ५ हजार, चौथोलाई ३ हजार, पाँचौलाई १ हजार ५ सय र छैठौलाई १ हजार नगद पुरस्कार दिइनेछ ।

महिलाहरुका लागि खुला १० किलोमिटर म्याराथुन प्रतियोगिता राखिएको छ । बैजनाथ माविबाट सुरु हुने दौडका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार तथा पदक र प्रमाण दिइने छ ।

प्रतियोगिता अन्र्तगत सबैभन्दा बढी पुरस्कारको पुरुष खुला हाफ म्याराथुन दौड प्रतियोगिता छ । यो दौडमा प्रथम हुनेलाई ३० हजार, द्वितीय २० हजार र तृतीयले १० हजार नगद पुरस्कार सहित पदक र प्रमाण पत्र पाउने छन् । महेन्द्रनगर बजारको खुला मञ्चबाट सुरु हुने दौड २१ किलोमिटरको हुनेछ ।

यसमा सहभागी हुनेले खुला मञ्च, भानुचोक, खैरेनी, नौलाखेत, बैजनाथ मावि नयाँ तिलकपुर हुँदै ब्रह्मदेबसम्म २१ किलोमिटर दौड्नु पर्नेछ ।नयाँ तिलकपुरबाट महिला पुरुषका लागि खुला म्याराथुन मार्च पुरुषहरुका लागि राखिएको छ । स्थानीय तह निर्वाचनपछि रौटेलादेखि ब्रह्मदेबसम्म जैविक धार्मिक पर्यटन मार्ग निर्माण गरिएको हो ।

भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले उच्च प्राथमिकता दिएर जैविक मार्गको चौडाई १८ देखि २२ मिटर चौडाईको जैविक मार्ग बनाएका हुन् । खेल पर्यटन प्रवद्र्धनका लागि जैविक मार्गमा म्थाराथुन राखिएको हो ।

भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी यस वर्षलाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको उल्लेख गर्दै उनले म्थाराथुनलाई आगामी दिनमा निरन्तरता दिने लक्ष्य राखिएको बताए । प्रतियोगिता तयारी मूल आयोजक समितिका संयोजक धामीले म्याराथुनबाट खेलकूद क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस