एपिएफले आर्मीलाई हरायो

Epl

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको आइतबार भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौंचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जितमा आशिष लामाले दुबै गोल गरे ।

पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफको ५६औंं मिनेटमा एपिएफका आशिषले पहिलो गोल गरे । यस्तै खेलको ८५औँ मिनेटमा उनले श्याककुमार नेपालीको पासलाई सदुपयोग गर्दै व्यतिmगत दोस्रो तथा विजयी गोल गरे ।

आर्मीका नवयुुग श्रेष्ठले खेलको ८६औं मिनेटमा एक गोल फर्काए पनि दोस्रो गोल फर्काउन नसक्दा आर्मी पराजित हुन पुग्यो । लिगमा आर्मीको यो दोस्रो हार हो । जितसँगै एपिएफ १० खेलबाट १६ अङ्क जोड्दै तालिकाको पाचौं स्थानमा उक्लिएको छ । आर्मी १८ अङ्कसहित चौँथो स्थानमै छ ।

प्रतिकृया दिनुहोस