क्रिष्टल प्यालेससँग म्यानचेस्टर सिटी पराजित

Image a y2unpvtlbd

काठमाडौं । इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेससँग स्तब्ध भएको छ । आफ्नै मैदानमा प्यालेससँग पराजित भएपछि सिटी शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले पछि परेको छ ।

२७औं मिनेटमा इल्के गुन्डोआनले डेल्फको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि जेफ्री स्कलुपले गोल गर्दै प्यालेसलाई खेलमा फर्काए । दुई मिनेटपछि टाउनसेन्डको गोलले सिटीलाई अर्को झड्का दियो ।

बर्नाडो सिल्भाले क्लीयर गरेको बललाई टाउन्सेन्डले उत्कृष्ट भलि प्रहार गर्दै प्यालेसलाई अग्रता दिलाए । पहिलो हाफमा २-१ को अग्रता कायम राखेको प्यालेसले ५१औं मिनेटमा पेनाल्टी पायो । सो लुका मिलिभोभिकले गोल गर्दै क्रिष्टल प्यालेसलाई ३-१ को अग्रता दिलाए ।

८५औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै प्यालेसको अग्रता ३-२ मा छोट्याए । तर थप गोल हुन नसक्दा सिटी पराजित भयो । यो हारका कारण सिटी शीर्ष स्थानको लिभरपुलभन्दा चार अंक पछि परेको छ । लिभरपुल ४८ अंकसहित शीर्ष स्थानमा छ भने सिटी ४४ अंक बनाउँदै दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस