तेस्रो फिफा विश्वकपको उपाधि रियाल मड्रिडलाई

Game

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

गएराति युएईको आबुधाबीमा भएको फाइनलमा स्थानीय अल आइन फुटबल क्लबलाई ४/१ ले हराउँदै रियालले लगातार तेस्रो पटक उपाधि जितेको हो ।

खेलमा रियाललाई विजयी गराउन लुका मोड्रिच, मार्कस लोरेन्ते र सर्जियो रामोसले १/१ गोल गरे । अल आइनका याहिया नादिरले एक आत्मघाती गोल गरेका थिए ।

यसअघि सन् २०१६ र २०१७ मा पनि फिफा क्लब विश्वकपको उपाधि जितेको थियो । समग्रमा भने रियालले चौथो पटक क्लब विश्वकप फुटबलको उपाधि जितेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...