बंगलादेशविरुद्ध वेस्टइन्डिजको जित

Cricket

काठमाडौं । बंगलादेशविरुद्धको टी ट्वान्टी क्रिकेट सिरिज वेस्टइन्डिजले जितेको छ । शनिबार भएको खेलमा ५० रनको जित निकाल्दै सिरिज २-१ ले जितेको हो ।

पहिला ब्याटिटङ गर्दै १९० रन बनाएको वेस्टइन्डिजले बंगलादेशलाई १७ ओभरमा १४० रनमा समेटेको थियो । बंगलादेशका लागि लिन्टन दासले सर्वाधिक ४३ रन बनाउँदा अबु हैदर २२ रनमा नट आउट रहे ।

अरुले सम्झन लायक प्रदर्शन गर्न नसक्दा वेस्टइन्डिविरुद्धको सिरिज हार्न पुगेको थियो । वेस्टइन्डिजका किमो पौलले सर्वाधिक ५ विकेट लिँदै सनसनी मच्चाएका थिए । पौलले १५ रन खर्चिएर महत्वपूर्ण ५ व्याट्सम्यानलाई पेभेलियन पठाएका थिए ।

वेस्टइन्डिजका लागि इभन लुईसले ८९ रन बनाउँदा निकोलास पुरनले २९ रन बनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...