ए डिभिजन लिग : थ्रीस्टार च्यासलसँग बराबरीमा रोकियो

A division zphr01x9p7

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब च्यासल युथ क्ल्बसँग बराबरीमा रोकिएको छ ।

बराबरीसँगै १ अंक जोडेको थ्रीस्टारले लिग तालिकामा २३ अंक पुर्याएको छ । शनिबारको बराबरीले थ्रीस्टारलाई उपाधि भिडन्तमा धक्का पुगेको छ । एपीएफ मैदानमा १९ औं मिनेटमा च्यासलका सन्तबहादुरले प्रहार गरेको बल बाहिर गएको थियो ।

२१ औं मिनेटमा थ्रीस्टारका अनिल गुरुङले पनि सुन्दर मौका खेर फालेका थिए । ५९औं मिनेटमा थ्रीस्टारको प्रहारलाई च्यासलको डिफेन्सलाइनले क्लियर गरेको थियो ।

दुवै हाफमा आक्रामक मुभ बनाए पनि गोल गर्न नसक्दा दुवै टिमले अंक बाँडेका थिए । बराबरीसँगै च्यासल तालिकामा १४ अंक सहित शेर्पालाई पछि पार्दै छैटौं स्थानमा पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...