कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने : सहमहामन्त्री ७ जना

Congress mahasamiti

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । अब उपसभाति र महामन्त्री २र२ जना हुनेछन् भने सहमहामन्त्री ७ जना रहनेछन् ।

 

१३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् ।धेरै लामो छलफल पछि शीर्ष नेताबीच सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति भएको छ ।


नेताहरुका अनुसार समहामन्त्रीमा आरक्षण हुनेछ । महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु र मुस्लिम कोटाबाट ७ जना चुनिनेछन् ।


संविधानमा आरक्षणको ८ क्लस्टर रहेकोमा कांग्रेसले पिछडिएको क्षेत्र तथा अल्पसंख्यकलाई हटाएको छ । अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।


यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २र२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए ।


बिहीबार देउवाले उपसभापति र महामन्त्री १/१ मनोनित गर्ने प्रस्ताव ल्याएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि शुक्रबार नयाँ सहमति जुटेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...