नेकपा स्याथी समिति बैठककमा नेताहरुको धारणा राख्ने क्रम जारी

Uml party office copy2

काठमाडौं । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बिहान साढे ८ बजे देखि सुरु भएको नेकपा स्थायी समिति बैठकमा आज पनि नेताहरुले धारणा राख्ने क्रम जारी छ ।

 

बैठकमा नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखिरहेका छन् ।

 

मंसिर २९ देखि जारी स्थायी समितिको बैठक नेताहरुको धारणा राख्ने क्रम नसकिएकाले अझै केही दिन लम्बिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एक दिनमा १० जना भन्दा धेरैले बोल्ने स्थिति नरहेपछि बैठक लम्बिने देखिएको हो ।

 

स्थायी र पदेन गरी ५१ सदस्यीय स्थायी समितिमा ३४ सदस्यले धारणा राखिसकेका छन् । अध्यक्षद्वयको व्यस्तताका कारण बैठक बिहान ८ बजे आयोजना भई ११ बजे सकिने गरेको प्रवक्ता श्रेष्ठले बताए ।

 

बैठकमा बोल्ने धेरैजसो नेताले सरकार र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिवेदनमाथि नेताहरुको धारणा राख्ने क्रम सकिएपछि अध्यक्षदवय ओली र प्रचण्ड दुवैले जवाफ दिनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...