‘ए’ डिभिजन लिगमा थ्री स्टार र आर्मी भिड्दै

A division trophy tour ab

काठमाडौं । राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधवारको दोस्रो खेलमा बलिया टोली थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।


८ खेलबाट २१ अंक जोडेको थ्री स्टार तेस्रो र १७ अंक जोडेर आर्मी तालिकाको चौथो स्थानमा छ। उपाधि यात्रा कायमै राख्न दुवै टोलीलाई जित्नैपर्ने दबाब छ। अझ आर्मीलाई भन्दा थ्री स्टारका लागि यो खेल महत्वपूर्ण छ। थ्री स्टार भन्दा मनाङ ६ अंकले अघि छ भने आर्मी मनाङभन्दा १० अंकले पछि छ।

थ्री स्टार र आर्मी जारी लिगमा मनाङसँग मात्र पराजित भएका छन। ९ खेलबाट शतप्रतिशत नतिजाका साथ मनाङ २७ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। यदी दुवै टोलीले बराबरी खेले मनाङलाई अझ फाइदा हुनेछ।

त्यस्तै बिहान ११ बजे हुने पहिलो खेलमा विभागीय टोली नेपाली पुलिस क्लब र बिग्रेड ब्वाइज आमने सामने हुँदैछन्। ८ खेलबाट १४ अंक जोडेको पुलिस पाँचौं र ४ अंक जोडेको ब्रिगेट ब्वाइज १२ औं स्थानमा छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...