बल्ल मिल्यो पदाधिकारी विवाद, कोषाध्यक्ष र प्रवक्ता मनोनित हुने

Congress baithak

काठमाडौं । निक्कै लामो समयको प्रयासपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद समाधान भएको छ । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी राख्ने विषयमा सहमाति बनेको हो ।

सो सहमतिअनुसार अब कांग्रेसमा ९ जना पदाधिकारी हुनेछन् । उनीहरुमध्ये कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै निर्वाचित हुनेछन् । सो सहमति अनुसार अव नेपाली कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना रहने छन् । अब सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सबै महाधिवेशनले नै निर्वाचित गर्नेछ । कोषाध्यक्ष र प्रवक्ता मनोनित हुनेछ ।

यो देउवाले प्रस्ताव गरेको संख्या हो । तर, निर्वाचन पद्धतीमा पौडेलको अडान सदर भएको छ । शीर्ष तहमा भएको सहमतिलाई केहीबेरमा केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्नेछ र विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश हुनेछ ।

विधान संशोधनमा सहमति हुन नसक्दा महासमिति बैठकको छलफल समेत प्रभावित हुँदै आएको छ ।

केही दिनयता साँझ सहमति गर्ने र बिहान त्यही सहमति उल्टाउने क्रम बढेको थियो । आइतबार साँझ पनि नेताहरूले विवादित विषयमा सहमति गरेका थिए । तर बिहान उक्त सहमति उल्टिएको थियो ।

सो सहमतिमा प्रवक्तासहित ९ जनाको पदाधिकारी राख्ने अनौपचारिक सहमतिको भएको थियो । सोमबार राति पनि नेताहरूले १२ जनाको पदाधिकारी बनाउने सहमति गरेका थिए ।

एक सभापति, दुई उपसभापति, तीन महामन्त्री, पाँच सहमहामन्त्री र एक कोषाध्यक्षसहित १२ जना पदाधिकारी प्रस्तावमा लगभग सहमति भएको थियो । तर मंगलबार बिहान अन्तिम टुंगो लगाउन बस्ने भनिएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा भने यो सहमति उल्टिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...