काठमाडौंले विराटनरलाई हरायो

Bw vs kk 69cj7689no

काठमाडौं । एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्स काठमाडौं किंग्ससँग पराजित भएको छ । विराटनगरको हारले चितवन टाइगर्स प्लेअफमा पुगेको छ ।

लिगको अन्तिम खेलमा विराटनगर काठमाडौंसँग ५ विकेटले पराजित भयो । हारसँगै विरानगर वारियर्स लिग चरणबाटै बाहिरिएको छ ।

कीर्तिपुर क्रिकेट मेदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७ ओभर ५ बलमा १०० रनमा अलआउट भयो । ११ रनमा पहिलो विकेट गुमाएको उसले ४४ रन बनाउँदा ४ विकेट खेर फाल्यो । अनिल साह ६ रनमा आउट भए भने बाबर हायात ११ रनमा पेभेलियन फर्किए ।

त्यसपछि कप्तान पारस खड्का पनि २१ रनमा आउट हुन पुगे । विराटनगरका खेलाडी क्रिजमा धेरै बेर टिक्न सकेनन् । उसले ९३ रन बनाउदा ७ विकेट खेर फाल्यो । सुमित महर्जन २५ रनमा आउट भए भने प्रनिल थापा मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि पनि उसका कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेन र सय रनमा अलआउट भयो ।

काठमाडौंका लागि बलिङमा केभिन ओब्राइनले तीन तथा प्रविन साहु र विक्रम भुषालले दुई–दुई विकेट लिए ।

जवाफमा काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । २४ रन बनाउँदा तीन विकेट गुमाएको काठमाडौंका रोहन मुस्तफाले खाता खोल्न सकेनन् भने सागर पुन पनि १० रनमा आउट भए । अमित श्रेष्ठ १४ रनमा पेभेलियन फर्किँदा नरेश बुढाऐर मात्र सात रनमा बाहिरिए ।

काठमाडौंको जितमा केभिन ओब्राइन र प्रविन साहुले अर्धशतकीय साझेदारी गरे । विराटनगरको हारले रनरेटमा अगाडि रहँदै चितवन प्लेअफमा पुगेको छ ।

अब प्रतियोगिताको फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं तथा इलिमिनेटर राउण्डमा भैरहवा र चितवन खेल्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...