अभ्यासका लागि नेपाली महिला टोली थाइल्यान्ड जाने

Cricket pics 533x300

काठमाडौं । नेपाली महिला टोलीले आसन्न आइसिसी महिला एसिया कप २०१९ को छनोटको अभ्यासका लागि थाइल्यान्ड जाने भएको छ ।

नेपाली महिला टोलीले अभ्यासका रूपमा थाइल्यान्डमा आयोजना हुने महिला टी-२० स्म्यास २०१९ मा सहभागिता जनाउन लागेको हो ।

थाइल्यान्ड क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता जनवरी १२ देखि १८ गतेसम्म चल्नेछ । १० टोली सहभागी रहने प्रतियोगितामा नेपालले समूह ‘बी’ मा तान्जानिया, इन्डोनेसिया, कुवेत र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा आयोजक थाइल्यान्ड, भुटान, हङकङ, मलेसिया र एस एल न्याभी छन् । समूहको शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।

नेपालले पहिलो खेल जनवरी १२ मा तान्जानियासँग खेल्ने छ भने दोस्रो खेलमा जनवरी १४ मा नामिबियाको सामना गर्नेछ । त्यस्तै नेपालले तेस्रो खेलमा जनवरी १५ मा इन्डोनेसिया र अन्तिम खेलमा जनवरी १६ मा कुवेतसँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...