प्रिमियर लिगमा चेल्सी, साउथह्याम्पटन र लिभरपूल विजयी

Sports

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी, साउथह्याम्पटन र लिभरपूल विजयी भएका छन् ।

एन्फील्डमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर यूनाइटेडलाई ३–१ ले हराएको छ । लिभरपूललाई विजयी गराउन खेर्दान शाकिरीले दुई गोल गरे भने सार्दियो मानेले एक गोल गरे। पराजित टोली म्यान्चेस्टर युनाइटेडका जेस्सी लिङ्गार्डले एक गोल फर्काए ।

अर्को खेलमा चेल्सीले ब्राइटनलाई २–१ ले पराजित गरेको छ । चेल्सीका लागि पेड्रो र एडिन हाजार्डले एक–एक गोल गरे । ब्राइटनका सोली मार्चले एक गोल फर्काए ।

अर्को खेलमा भने आर्सनल पराजित भएको छ । आर्सनललाई साउथह्याम्पटनले ३–२ ले हराएको हो । घरेलु मैदानमा साउथह्याम्पटनलाई विजयी गराउन ड्यानी इंग्सले २ तथा चार्ली अष्टीनले एक गोल गरे । आर्सनलका लागि दुबै गोल हेन्रीक मख्तरीयानले गरे।प्रिमियर लिग फुटबलको अंक तालिकामा १७ खेलबाट ४५ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा उक्लिएको छ ।

समान खेलबाट ४४ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने तेस्रो स्थानको टोटनह्यामको ३९ अंक छ । ३७ अंकसहित चेल्सी चौथो तथा ३४ अंक जोडेको आर्सनल पाँचौ स्थानमा छ ।

प्रतिकृया दिनुहोस