नेपाली कांग्रेस महासमितिको बैठक जारी, विधान मस्यौदा ढिलो पेश हुने

Congress1

काठमाडौं । नेपाली काँग्रेस महासमितिको बैठक जारी छ । हिजो साँझबाट सुरु भएको बन्दसत्र आज बिहानबाट फेरि सुरु हुने भएको छ । बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश भएको छ । बिहानदेखि बस्ने भेलामा अरु तीन प्रतिवेदन पनि पेश हुनेछ ।

मुख्य किचलो रहेको विधान मस्यौदा पेस भएको छैन । पेश हुनुअघि शीर्ष नेताहरूले अनौपचारिक छलफल गरिरहेका बताइएको छ । महासमिति सदस्यहरूले प्रादेशिक स्तरमा समूह बनाएर छलफल गर्ने तय भएको छ ।

नेताहरूले केही बुँदामा असहमति बाँकी रहेको र त्यसमा सहमति कायम गर्ने प्रयास भइरहेको बताएका छन् । विधान मस्यौदा समितिका संयोजक तथा महामन्त्री पूर्णबहादुर खड्काले शीर्ष तहमा सहमति कायम हुने र महासमितिमा पेश हुने बताए । विधानमा पदाधिकारी संख्यामा सहमति भएपनि मनोनित गर्ने कि निर्वाचित भन्नेमा नेतृत्व विभाजित छ ।

सभापति देउवा मनोनित गर्ने पक्षमा रहनुभएको छ भने सभापतिइतर समूहका नेताहरू सबै पदाधिकारी निर्वाचित हुनुपर्ने पक्षमा छन् । हिजो महासमितिको उद्घाटनमा नेताहरुबीच आरोप प्रत्यारोप समेत चलेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...