नेकपाको स्थायी समितिको बैठक आज पनि बस्दै, छलफलका बिषय यस्ता छन्

Uml

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आज पनि बस्दैछ । आज दिउँसो बस्ने बैठकमा हिजो पेश भएको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त प्रतिवेदनमा छलफल हुनेछ । बैठकमा नेता वामदेव गौतमले पेश गरेको फरक मतका विषयमा पनि छलफल हुनेछ ।

हिजो बसेको स्थायी समिति बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मको कामको आलोचना गर्दै पेस गरेको १६ पृष्ठको छुट्टै प्रतिवेदनमा प्रधानमन्त्रीले पार्टी कामको पनि जिम्मेवारी लिँदा त्यो भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको उल्लेख गरेका छन् ।

बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारबाहीलाई टुंगो लगाउने बताइएको छ । गत जेठमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता भई नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...