सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज च्यासलसँग पराजित

Sf 532x300

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले चौथो जित निकालेको छ ।

शनिबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २/० ले हराउँदै च्यासलले प्रतियोगितामा चौथो जित निकालेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासललाई जिताउन सन्तबहादुर गुरुङ र सन्जोक राईले १/१ गोल गरे । खेलको ६५ औं मिनेटमा सन्तबहादुरले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाएका थिए ।

८२ औं मिनेटमा सन्जोकले एक गोल थपेपछि च्यासल २/० ले विजयी भयो । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै संजोकले पुरस्कार स्वरुप १० हजार रुपैयाँ पाए ।

जितसँगै च्यासलले ८ खेलबाट १३ अंक जोडदै लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । ब्रिगेड ब्वाइज ४ अंकसहित १२ औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...