राजपुरमा गाउँपालिकास्तरीय खेलकुद महोत्सव सुरु

Game dang

दाङ । दाङको देउखुरीस्थित राजपुर गाउँपालिका जंग्रहवामा पाँच दिने गाउँपालिका स्तरीय खेलकुद महोत्सव सुरु भएको छ ।

दाङ देउखुरीको विकट गाउँ राजपुर गाउँपालिकामा जनप्रतिनिधि आएपछि यो पहिलो पटक गाउँपालिका स्तरीय खेलकुद महोत्सवको आयोजना भएको हो । राजपुर गाउँपालिका वडा नं. ५ को आयोजनामा सुरु भएको सो खेल महोत्सवको राजपुर गाउँपालिका प्रमुख लोकराज केसीले उदघाटन गरे ।

शनिबार सुरु भएको खेल महोत्सवमा भलिबल, क्रिकेट, फुटबल लगायतका अन्य खेल खेलाईने छ । खेल संयोजक राजविरसिंहका अनुसार खेलकुद महोत्सव पुस ४ सम्म सञ्चालन हुनेछ । महोत्सवमा भलिबलतर्फ ८ टीम, फुटबलतर्फ १६ टीम र क्रिकेटमा ६ वटा टीमले सहभागीता जनाएका छन् ।

सो महोत्सवको उद्घाटन कार्यक्रममा राजपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नरेन्द्रसिंह भण्डारी, दाङ क्रिकेट संघका जिल्ला सदस्य किशोरकुमार घर्ती, राजपुर गाउँपालिकाका प्रशासकीय अधिकृत रामप्रसाद शर्मा लगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...