इपीएलको प्लेअफनजिक काठमाडौं, पोखरा बाहिरियो

Gdo5e 548x300

काठमाडौं । राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी-२० क्रिकेटको प्लेअफनजिक काठमाडौं किंग्स ११ पुगेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको लिगको आफ्नो तेस्रो खेलमा पोखरा राइनोजलाई ५ विकेटले पराजित गर्दैै काठमाडौं प्लेअफ नजिक पुगेको हो ।

१६६ रनको चुनौती काठमाडौंले ४ बल खेल्न बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गरेको हो । काठमाडौंलाई जिताउन केभिन ओ ब्राइनले ३५ बलमा ५४ तथा कप्तान रोहन मुस्तफाले ३१ बलमा ४० रन जोडे ।

विक्रम सोबले २ विकेट लिए । यसअघि, पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । रिचर्ड लेभीले २१ बलमा सर्वाधिक ३८ रन बनाएको इनिङ्समा विक्रम भुसाल र अलराउन्डर ओ ब्राइनले समान २/२ विकेट लिए ।

प्रतियोगितामा चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ । लगातार ३ हारपछि चितवनले शुक्रबार भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई ५ रनले हराएको हो ।

चितवनले दिएको १९७ रनको चुनौती पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १९१ रन मात्रै बनायो । बाबर हयातले ९० रन बनाए तर टोलीलाई जिताउन सकेनन् । यसअघि, पहिले ब्याटिङ गरेको चितवनले जोन सिम्पसनको ७८ रनको मद्दतले २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो ।

लिगमा प्लेअफ चरणमा पुगि सकेका ललितपुर पेट्रियाटस र भैरहवा ग्लाडिएटर्सको समान ६/६ अंक छ भने विराटनगर र काठमाडौंको समान ४/४ अंक भएको छ । चितवन टाइगर्सले २ अंकबाट प्लेअफको सम्भावनालाई जीवितै राखेको छ । लगातार ४ हारसहित पोखरा प्लेअफ चरण पुग्ने समीकरणबाट बाहिरिने पहिलो टिम भएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...