पुलिसले फ्रेन्ड्सलाई ५-० ले हरायो

Npc ked5j6yjln

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिसले फ्रेन्ड्स विरुद्ध ५-० को जित निकालेको छ । जारी प्रतियोगितामा पुलिसको चौथो जित हो ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा जारी खेलका पुलिसले सुरुवातदेखि नै आक्रामक फुटबल खेल्यो । जसका कारण उसले चौथो मिनेटमा नै गोल गर्न सफल भयो । उसका लागि रवीकिशन पासवानको पासमा अभिषेख रिजालले गोल गरे ।

छैटौं मिनेटमा भरत शाहको प्रहार पोष्ट नजिकैबाट बाहिरिन पुग्यो । तर ३१ औं मिनेटमा पुलिसले अग्रता दुई–शून्यमा पुर्यायो । यसपटक रविशंकर पासवान आफैले गोल गर्न सफल भए । त्यसपछि फ्रेन्डस खेलमा फर्कन सकेन र पुलिसले पहिलो हाफमा दुई गोलको अग्रता बनायो ।

पहिलो हाफमा दुई गोल गरेको पुलिसले दोस्रो हाफमा पनि थप तीन गोल गर्यो । ५९ औं मिनेटमा रविशंकर पासवानको पासमा भरत शाहले गोल गर्दै अग्रता तीन-शून्यमा पुर्याए । त्यसको तीन मिनेटपछि फेरि पुलिसले स्कोरबोर्डमा चौथो गोल थप्यो । यसपटक अभिषेख रिजालको पासमा तेज तामाङले गोल गर्न सफल भए । ८८ औं मिनेटमा पुलिसका लागि निरकुमार राईले पाँचौ गोल थपे । उनले भरत शाहको पासको सदुपयोग गरेका थिए ।

जितपछि पुलिसले आठ खेलबाट ११ अंक बनाएको छ । फ्रेन्ड्सको मात्र ५ अंक छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...