चितवनले विराटनगरलाई ५ रनले हरायो

Epl 9jdwkcj8ro

काठमाडौं । चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिगमा विराटनगरलाई ५ रनले हराएको छ । प्रतियोगितामा चितवनको पहिलो जित हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा चार विकेट गुमाउदै एक सय ९६ रन बनायो । लगातार तीन खेलमा पराजित भएको चितवनका ओपनल सन्दीप सुनार ३० रन, पउल स्ट्रलिङ पनि १५ रन बनाए ।

दुवै खेलाडी आउट भएपछि तेस्रो विकेटका लागि दीपेन्द्र ऐरी र जोन सिम्सनले ६९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए । तर ऐरी ३२ रनमा आउट भए । चितवनका लागि जोन सिम्सनले विस्फोटक ७८ रन बनाए । उनले ४४ बलमा ६ छौका र ५ छक्का प्रहार गरे । यस्तै जर्ज स्कटले १० बलमा २४ रन बनाए ।

जवाफमा राम्रो सुरुवात गरेको बिराटनगर २० ओभरमा ८ विकेट गुमाउदा एक सय ९१ रनमात्र बनाउन सक्यो । ३३ रनमा पहिलो विकेट गुमाएको विराटनगरका ओपनर पारस खड्का १९ रनमा आउट भए भने अनिल शाह व्यक्तिगत १२ रनमा पेभेलियन फर्किए ।

तेस्रो विकेटका लागि बाबर हायात र आसिफ शेखले ८३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । आसिफले ३० रन बनाए भने बाबर हायात व्यक्तिगत ९० रनमा आउट भए । उनले ४२ बलमा ५ चौका र ८ छक्का प्रहार गरे । अन्तिममा करणले २४ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन । बलिङमा ललित भण्डारीले चार तथा सागर ढकालले तीन विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...