विराटनगरलाई पराजित गर्दै भैरहवा बन्यो प्लेअफमा

Epl

काठमाडौं । टीयू क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) विराटनगर वारियर्सलाई हराउँदै भैरहवा प्लेअफमा पुगेको छ ।

बुधबारको खेलमा विराटनगरलाई ४ विकेटले हराउँदै साविकको उपविजेतासमेत रहेको भैरहवा इपीएल टी–ट्वान्टी क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो ।

टीयू क्रिकेट मैदानमा भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई पराजित गर्दै शरद भेषावकरको भैरहवा लगातार तेस्रो जितसहित प्ले अफमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुँदै ९१ रन बनाएको थियो । जसको जवाफी व्याटिङ गरेको भैरहवाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

जितसँगै भैरहवाले ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । भैरहवा दुई खेल अगावै प्ले अफ्मा पुगेको छ । यस्तै पराजित विराटनगर तेस्रो स्थानमा छ । दुई खेल खेल्दै ४ अंक बनाएको विराटनगरको पनि प्ले अफमा पुग्ने सम्भावना कायम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...