पोखरासँगको खेलमा विराटनगर विजयी

Epl

काठमाडौं । एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोज विराटनगर वारियर्ससँग सुपर ओभरमा ७ रनले पराजित भएको छ । प्रतियोगितामा पोखराको यो लगातार तेस्रो हार हो भने विराटनगरको लगातार दोस्रो जित हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा सात विकेट गुमाउँदा ८४ रन मात्र बनाउन सक्यो । ५ रनमा पहिलो विकेट गुमाएको पोखराले १९ रन बनाउँदा चार विकेट खेर फालेको थियो ।

उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । ७८ रनमा सात विकेट खेर फालेको पोखराका पउल कोलिग्न र राजेश पुलामीको ३० रनको साझेदारी नै उच्च रह्यो । पउलले २० रन बनाए भने राजेशले १७ रनको योगदान गरे । बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए । पोखरालाई कम स्कोरमा रोक्न पिटर भान मिकिरेनले तीन तथा रे भान डेर मर्वेले दुई विकेट लिए ।

जवाफमा विराटनगरले १९ ओभर तीन बलमा ८४ रनमा अलआउट भएपछि खेल बराबरी भयो । खराब सुरुवात गरेको विराटनगरले २८ रनमा चार विकेट खेर फाल्यो । विराटनगरका आसिफ शेख १९ तथा सन्नी पटेल आठ रनमा आउट भए । विराटनगरको स्कोर ५६ रन हुँदा सातौं विकेट झर्यो । तर अन्तिममा करण केसीले १५ रन बनाए भने हरी चौहानले १२ रन बनाए ।

अन्तिम दुई ओभरमा विराटनरलाई जितका लागि मात्र ६ रन चाहिएको थियो । तर उसले पुरा गर्न सकेन ।

अन्तिम चार बलमा मात्र एक रन चाहिएकोमा उसले अन्तिम विकेट गुमाउन पुग्यो । बलिङतर्फ पोखराका बिपिन खत्रीले तीन तथा सुसान भारी र पउल कोलिग्नले दुई(दुई विकेट लिए ।

खेल टाइ भएपछि भएको सुपर ओभरमा करण केसीको उत्कृष्ट पारीमा विराटनगरले २१ रनको लक्ष्य दियो । जवाफमा पोखराले १३ रन मात्र बनाउन सक्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...