कांग्रेस केन्द्रीय समिति बैठकबाट आर्थिक नीतिसहितको प्रतिवेदन पारित

C

काठमाडौं । नेपाली काँग्रेसको आजको केन्द्रीय कार्यसमिति बैठकले आर्थिक नीतिसहितको प्रतिवेदन पारित गरेको छ । आर्थिक नीतिलाई परिमार्जनसहित केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सहमहामन्त्री प्रकाशशरण महत संयोजकत्वको समितिले आर्थिक नीति तयार पारेको थियो ।

यो नीति आउँदो शुक्रबारदेखि सुरू हुने महासमिति बैठकमा पेश गरिनेछ । केन्द्रीय कार्यसमितिमा उपसभापति विमलेन्द्र निधि संयोजकत्वको समितिले तयार पारेको राजनीतिक प्रस्तावको प्रतिवेदन आज साँझ वा भोलि बिहान पेश गर्ने तयारी भएको प्रवक्ता शर्माको भनाइ छ । काँग्रेस महासमिति बैठक यही मंसिर २८ देखि पुस ३ सम्म काठमाडौँमा बस्दैछ ।

प्रतिकृया दिनुहोस