एभरेस्ट प्रिमियर लिगमा पोखराको लगातार दोस्रो हार

Eplt20

काठमाडौं । एभरेस्ट प्रिमियर लिग क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि पोखरा राइनोज पराजित भएको छ । पोखरा ललितपुर प्याट्रियट्ससँग ८ विकेटले पराजित भयो ।

ललितपुरको जीतमा ओपनर ब्याट्सम्यान जयकिसन कोल्सावाला र गौरभ तमोरको प्रदर्शन उल्लेख्नीय रह्यो । पहिला ब्याटिङ गरेको पोखराले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको ललितपुरले १५ दशमलव ५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

ललितपुरका गौरभ तमोरले ८२ र जयकिसन कोल्सावालाले ५१ रन बनाए । पोखराका पाउल कोउग्लिन र सुसन भारीले समान एक – एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको पोखराका लागि रिचर्ड लेवीले ८४ रन बनाए पनि टीमलाई जीत दिलाउन सकेनन् । ललितपुरका पवन सराफले ३ विकेट लिए ।

आजको जीतसँगै दुई खेलमा लगातार जीत निकालेको ललितपुर तालिकाको शीर्ष स्थानमा जाँदा २ खेलमा हारेको पोखरा तालिकाको पुछारमा पुगेको छ । यसअघि आजको पहिलो खेलमा काठमाडौं किंग्स ११ विजयी भएको छ ।

काठमाडौंले चितवन टाइगरलाई ६ विकेटले पराजत गर्यो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य काठमाडौंले सात बल बाँकी छँदै चार विकेटको क्षतिमा पूरा गरेको हो ।

प्रतिकृया दिनुहोस