शहीद स्मारक ए डिभिजन लिगमा आर्मीको कठिन जित

A division bwmphyp5me

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम आर्मीले ब्रिगेड ब्याइजमाथि एक शून्यको कठिन जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेको थियो । त्यसो त खेलको १५ औं मिनेटमा ब्रिगेड ब्वाइजले गरेको सशक्त प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।

टिमका मुख्य खेलाडी नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की विना नै लिग खेलिरहेको आर्मीले ३६ औं मिनेटमा गरेको उत्कृष्ट प्रहारलाई ब्रिगेड ब्याइजको डिफेन्सले क्लियर गर्‍यो । ३९ औं मिनेटमा टेकबहादुर बुढाथोकीको हेडर पोष्ट नजिकैबाट बाहिरियो । ४० औं मिनेटमा ब्रिगेड ब्वाइजले गरेको पोष्ट चार्जलाई विकेशले नै बचाए ।

त्यसपछि दुवै टिमबाट गोल भएन र आर्मी पहिलो हाफमा बराबरीमा रोकियो । तर दोस्रो हाफमा आर्मी निकै आक्रामक रुपमा प्रस्तुत भयो । ५० औं मिनेटमा टेकबहादुर बुढाथोकीको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपरले बचाए । ५८ औं मिनेटमा भरत खवासले पाएको सुन्दर मौका ब्रिगेड ब्वाइजको डिफेन्सले क्लियर गर्‍यो ।

तर ६६ औं मिनेटमा आर्मीले खेलमा अग्रता बनायो । उसका लागि टंकबहादुर बस्नेतले सन्तोष तामाङको क्रसमा गोल गरे । त्यसपछि अरु गोल नहुँदा आर्मीले एक शून्यको कठिन जित निकाल्यो जितसँगै आर्मीले सात खेलबाट १७ अंक बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...