रिभर प्लेटले उचाल्यो कोपा लिबर्टाडोरेसको उपाधि

Copa upadhi

काठमाडौं । दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा लिबर्टाडोरेसको उपाधि रिभर प्लेटले जितेको छ । दक्षिण अमेरिकी क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता लिबर्टाडोरेसको उपाधि रिभर प्लेटले जितेको हो ।

समर्थकको आक्रमणका कारण घरेलु मैदानमा स्थगित भएर मड्रिडमा खेलिरहेको फाइनल खेलको दोस्रो लेगमा रिभर प्लेटले बोका जुनियर्सलाई समग्रमा ५–३ गोलले हराउँदै उपाधि उचाल्यो ।

अर्जेन्टिनामा तनाव भएपछि स्थगित भएको खेलमा आइतबार राति स्पेनको राजधानी मड्रिडमा भएको फाइनलमा बोका जुनियर्सलाई ५–३ गोलको अन्तरले रिभर प्लेटले उपाधि जितेको हो ।

बोका जुनियर्सको मैदानमा भएको पहिलो लेगको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगको खेलमा रिभर प्लेट अतिरिक्त समयमा ३–१ ले विजयी भयो । पहिलो लेग दुई दुई गोलको बराबरी भएको खेलको दोस्रो लेगमा बोका जुनियर्स १० खेलाडीमा झरेको थियो । समग्रमा ५–३ को जित दर्ता गर्दै रिभर प्लेटले बोका जुनियर्समाथि ऐतिहासिक जित दर्ता गर्‍यो ।

कट्टर प्रतिद्वन्द्वी बीचको दोस्रो लेगको खेल रिभर प्लेटको मैदानमा हुनुपर्ने थियो । तर बोका जुनियर्सका खेलाडी सवार बसमाथि रिभर प्लेटका समर्थकहरुले आक्रमण गरेपछि रोकिएको खेल अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट झन्डै ६ हजार माईल टाढा स्पेनको राजधानी मड्रिडमा सारिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...