एभरेस्ट प्रिमियर लिगको पहिलो खेलमा विराटनगर विजयी

Biraa

काठमाडौं । एभरेस्ट प्रिमियर लिगको पहिलो खेलमा विराटनगर वारियर्स ३ विकेटले विजयी भएको छ ।

ललितपुर प्याट्रियट्सले दिएको एक सय ५ रनको सामान्य लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेटको क्षतिमा प्राप्त गरेको हो ।

लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि करण केसीले नटआउट ३६ रनको योगदान गरे। विराटनगरका लागि अनिल शाहले ११ रन, आशिफ शेखले १९ रन र करण केसीले रनको योगदान गर्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

ललितपुरका लागि बलिङतर्फ गौरव टोमारले सर्वाधिक ३ विकेट लिए । यस्तै सन्दिप लामिछाने २ विकेट, ललित राजवंशीले १ विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...