प्यासिफिक समिटबारे उठेका केही भ्रम र यथार्थता

Bishnu  nischal 1

एसिया प्यासिफिक सम्मेलन बारे अनेक कुराहरुका उठे । कतै यसका राम्रा पक्षबारे पनि चर्चा चल्यो भने नराम्रा पक्षमा पनि चर्चा चले । सम्मेलनबारे केही भ्रमहरु फैल्याइएका छन् । ती सबै सत्य हुन् भन्ने होइन् । र, सबै असत्य हुन् भन्ने पनि होइन । के हो त वस्तविकता ? सम्मेलनबारे प्रस्ट्याउन जरुरी भएकाले केही कुरा प्रस्तुत गरेको छु ।

वर्तमान राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूसहित ४५ देशका १५ सय जना सहभागिता जनाई एशिया प्यासिफिक समिट सफलतापूर्वक सम्पन्न भएको छ । समिटको समर्थन र बिरोधमा केही आवाजहरु बाहिर आएका छन् । यस समिटले नेपालको छबीलाई बिश्वसामू चिनाउन ठूलै योगदान गरेको छ ।

सम्मेलनमा सहभागीहरुलाई धर्मको नाम जोडेर विभिन्न किसिमका टिप्पणी भए पनि त्यसको कुनै तात्विक अर्थ छैन । समिटमा विश्वका ७ मुलुकका सरकार तथा राष्ट्र प्रमुख ५ जना प्रथम महिला, १० जना पूर्व राष्ट्र/सरकार प्रमुखहरू, १ जना वर्तमान उपप्रधानमन्त्री, ७ जना मन्त्री, ५ जना संसदका सभामुखहरू तथा उपसभामुखहरू लगायत सयौको सक्रिय सहभागितामा काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन सकिएको छ ।
एसिया प्यासिफिक समिटको अवसर पारेर नेपालले कम्बोडियासँग पहिलोपटक दुईपक्षीय हवाई सम्झौता गरेको छ । अब कम्बोडिया र नेपालका वायु सेवा कम्पनीले सिधा हवाई उडान भर्न सक्नेछन् । लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्ट बनेपछि कम्बोडियाबाट लुम्बिनी आउने बौद्ध धर्मालम्बी र नेपालबाट विश्व प्रसिद्ध हिन्दु मन्दिर ‘एंकर वाट’ घुम्ने दर्शनार्थीरुलाई निकै फाइदा पुग्ने देखिन्छ । सम्मेलनका सहभागीलाई राख्न राजधानीका अधिकांश तारे होटल प्रयोग भएका छन् । नेपाल सरकारको एक पैसा पनि खर्च नगरी १५ सय पर्यटक नेपाल आउनु पर्यटन उद्योगको लागि निकै राम्रो व्यापार हो ।

सहभागीहरुमा बालबालिकादेखि युवा, विवाहित जोडी र सरकार प्रमुखसम्मको भ्रमणले पक्कै पनि नेपाल घुम्न योग्य देश हो भन्ने सन्देश प्रवाह गरेको छ । छोटो समय नेपाल बसेका भए पनि अधिकांशले नेपालीहरुलाई प्रशंसा गरिरहेका देखिन्थे । आफ्नो देश फर्किएर नेपालबारे उनीहरुले गर्ने छलफल र प्रभावले पक्कै पनि नेपालको दीर्घकालीन पर्यटन विकासमा योगदान पुग्ने देखिन्छ ।

अतिथि देवो भवः अर्थात् अतिथि देवता समान हुन् भन्ने नेपाली संस्कार र संस्कृतिको प्रभाव कार्यक्रममा प्रष्ट झल्किन्थ्यो । हायात होटलका कर्मचारीदेखि नेपाली आयोजकहरुको स्वागतले उनीहरु निकै प्रभावित देखिन्थे । नेपालका पूर्व प्रधानमन्त्री तथा वर्तमान प्रधानमन्त्रीले सहभागीहरुलाई हार्दिक स्वागत लेखेका व्यानरहरु कार्यक्रम स्थलभर टाँगिएका थिए । अझ पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दिएको समय र खटाईको धेरैले प्रशंसा गरिरहेका देखिन्थे ।

नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन र समापनमा सहभागी भएर दिएको भाषण निकै प्रशंसा योग्य थियो । पहिलोपटक नेपाल आएकाहरु र पटक–पटक नेपाल आएका पाहुनाहरु समेत नेपाली सत्कार र सम्मान प्रति निकै खुशी देखिन्थे । केहि सामाजिक संजाल प्रयोगकर्ताहरु र केहि प्रायोजित अनलाईन समाचारमाध्याम बाहेक धेरै संचार माध्यमले यो सम्मेलनलाई सर्वधर्म छलफलको फोरमको रुपमा व्याख्या गरे ।

कार्यक्रमका अधिकांश कार्यक्रमहरुमा कुनै धर्म विशेष वा एकपक्षीय धार्मिक गतिविधिहरु भएका देखिएनन् । हिन्दू, बौद्ध, मुश्लिम, जैन, शिख र क्रिश्चियन धर्मका व्याख्याताहरुले अन्तरक्रिया कार्यक्रममा आ–आफ्नो धर्मबारे बोल्ने अवसर पाए । कार्यक्रमको उदघाटन र समापान समारोहमा सबै जसो धर्मका व्याख्याता तथा गुरुहरुले मन्त्रोच्चारण गर्दै आ–आफ्नो धर्मको प्रचार गर्न पाए । विभिन्न देशबाट आएका प्रतिनिधिहरुले एक आपसमा मित्रता कायम गर्न सफल भए ।

सहभागीहरुको मित्रताले विश्व शान्तिको लागि थोरै भए पनि योगदान दिने देखिन्छ । विभिन्न कार्यक्रम गरी १० हजारभन्दा बढी सामान्य नेपालीहरुले राजधानीको पाँच तारे हायात होटलमा नास्ता र खानाको अवसर पाए । भोजन प्रियहरुका लागि ३ दिन निकै सुखद देखिन्थ्यो । केहि दिनको लागि भने पनि केही सय नेपालीले काम पाए । साजसज्जा र गेट बनाउनेले लाखौंको फूल प्रयोग गरे, केहि दिनको लागि भए पनि फूल बजारमा चहलपहल बढ्यो ।

यति राम्रो कार्यक्रमलाई नेपालको पर्यटन विकासमा लाभको रुपमा सदुपयोग गर्ने बेलामा केही मिडियाहरु र सामाजिक संजाल प्रयोगकर्ताहरुले सरकारलाई गाली गर्न र हान्न कुनै कसर पनि बाँकी राखेनन् । राम्रो काम गर्दा प्रशंसा गर्ने र नराम्रो गर्दा खबरदारी गर्ने प्रयोगकर्ताहरु कमै देखिए । एसिया प्यासिफिक समिटका क्रममा प्रधानमन्त्री केपी ओलीलाई प्रदान गरिएको ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’ सहित प्राप्त एक लाख अमेरिकी डलरमा सोही बराबरको रकम नेपाल सरकारले थप गरी शान्ति, सुशासन, नवप्रवर्तन, बैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना गर्ने निर्णय सरकारले गरिसकेको छ । समिटमा गरिवी, आतंकवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पतन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, सस्त्रको होडबाजी जस्ता बढ्दो चुनौतीलाई सामना गरिरहेको विश्वसमुदायलाई ती समस्या समाधान गर्न सघाउनेबारे छलफल भएको थियो ।

एसिया प्यासिफिक सम्मेलनले नेपालको हितमै काम गरेको छ । यसप्रकारका सम्मेलनहरु नेपालमा हुने हो भने नेपालको पर्यटन विकासमा मद्यत पुग्छ । अरु आगामी दिनमा कस्ता सम्मेलन कसरी गर्ने भनेर सरकारले विधि नै बनाउनुपर्छ । यो सम्मेलनमा विवाद झिकिनु नै निश्चित विधिको अभावमा हो । त्यसकारण कसले कस्तो सम्मेलन गर्छ भन्दा पनि त्यसले नेपालको वृहत्तर हितका लागि गर्छ कि गर्दैन भनेर बहस गरिनुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...