एपीएफ टिमद्वारा एनआरटी पराजित

Apl

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ टिमले न्यूरोड टिम ‘एनआरटी’ लाई २/१ ले पराजित गरेको छ ।

आज भएको छैटौं चरणको पहिलो खेलमा एपीएफलाई विजयी गराउन युवराज खड्का र सुदिप शिखाकारले १/१ गोल गरे ।

पराजित टोली एनआरटीका लागि राजेश परियारले एक गोल फर्काएका थिए । जितसँगै एपिएफ टिम अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । ६ खेलबाट उसको ७ अंक भएको छ । पराजित टोली एनआरटी भने १ अंकसहित तालिकाको पुछारमा रहेको छ ।

५ खेलबाट १५ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लव शीर्ष स्थानमा रहँदा १३ अंकसहित त्रिभुवन आर्मी क्लव दोस्रो तथा १२ अंक जोडेका थ्रीस्टार र संकटा क्लब क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । आजको दोस्रो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबसँग खेल्दैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...