नवप्रवेशी कोमल ओली अटाइन् प्रदेशमा, ४८ नवप्रवेशीले पाए स्थान

Komal oli

काठमाडौं । कोमल ओली नेपालका चर्चित लोक गायिकाहरु मध्ये एक हुन् । तर, पछिल्लोपटक राजनीतिमा लागेकी ओली तत्कालीन नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनिन् । उनै ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटी सदस्य भएकी छन् ।

उनी रेडियो नेपालमा समाचार बाचिकाको रुपमा काम गर्दा गर्दै २०७३ राप्रपा नेपालमा प्रवेश गरेर राजनीतिमा सक्रिय भएकी थिइन् । तर, राप्रपामा लामो समय टिक्न नसकेपछि उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । उनी एमालेमा प्रवेश गरेपछि दाङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भनिएको थियो ।

तर, अन्तिम समयमा पार्टीले टिकट नदिएपछि विद्रोहस्वरुप स्वतन्त्रबाट उम्मेदवारी दिएपछि उनलाई उम्मेदवारी फिर्ता गराएर राष्ट्रिय सभा सदस्य बनाइएको थियो । उनै ओली नेकपाको प्रदेश कमिटी सदस्य भएकी छन् । सोमबार सार्वजनिक प्रदेश सदस्यको नामवालीमा उनको पनि नाम छ । उनी नवप्रवेशी हुन् ।

नेकपाले सोमबार सार्वजनिक गरेको सात वटै प्रदेश कमिटीको सदस्यमा ४८ जना नवप्रवेशीलाई स्थान दिइएको छ । त्यसमा ओली पनि पर्छिन् । ४८ जनामध्ये ४५ जना तत्कालीन एमालेबाट छन् भने तीन जना पार्टी एकता भइसकेपछि प्रवेश गरेकाहरू परेका छन् ।

प्रदेश २ बाट सबैभन्दा धेरै १८ जना नवप्रवेशी प्रदेश कमिटीमा समावेश छन् । प्रदेश ३ बाट ६ जना, गण्डकी प्रदेशबाट ५ जना, प्रदेश ५ बाट ८ जना, कर्णाली प्रदेशबाट ३ जना र सुदूरपश्चिम प्रदेशबाट ८ जना नवप्रवेशी प्रदेश कमिटीमा समेटिएका छन् ।

सबैभन्दा बढी सप्तरीमा ९ जना नवप्रवेशी प्रदेश सदस्य भएका छन् । त्यसैगरी कोमल ओलीको जिल्ला दाङबाट मात्रै पनि ४ जना छन् ।
यी हुन् नवप्रवेशीहरु

प्रदेश २

१) शम्भु शाह, रौतहट

२) जितेन्द्र चौधरी, महोत्तरी

३) मोहमद कलिम, सप्तरी

४) दीपेन्द्र यादव, सिराहा

५) शिवशंकर साह, धनुष

६) विद्या सिन्हा, सर्लाही

७) बधुनीदेवी महतो, महोत्तरी

८)मोहमद स्लाम, सप्तरी,

९) नागेश्वर साह, सर्लाही

१०) गंगा चौधरी, सप्तरी

११) सुखराम यादव, सप्तरी

१२) ईन्द्रनारायण चौधरी, सप्तरी

१३) ईन्द्रकुमार झा, रौतहट

१४) कृष्णकुमार गुप्ता, सप्तरी

१५) हिरण्डय गुप्ता, सप्तरी

१६) तेजप्रसाद सहनी, पर्सा

१७) भरत महतो, सप्तरी

१८) मनाही महतो, सप्तरी

प्रदेश ३
१) मधुकुमार चालिसे, ललितपुर

२) बाबुकाजी प्रधान, ललितपुर

३) रेशमबहादुर लामा, काभ्रेपलाञ्चोक

४) सिता श्रेष्ठ शाक्य, काठमाडौं

५) तेम्ब्रेल तामाङ, रसुवा

६) प्रल्हाद लामिछाने, मकवानपुर

गण्डकी प्रदेश

१) बालचन्द्र काउचा मगर, कास्की

२) मनुमाया खत्री, कास्की

३) प्रेम न्यौपाने, कास्की

४) रामबहादुर गिरी, कास्की

५) चन्द्रबहादुर रोकाहा, स्याङ्जा

प्रदेश ५

१) गणेश विश्वकर्मा, गुल्मी

२) जितेन्द्रमान नेपाली, दाङ

३) यमुना भुसाल, अर्घाखाँची

४) तुलसा केसी, दाङ

५) कोमल ओली, दाङ

६) गंगा चौधरी सतगाँवा, दाङ

७), ओमप्रकाश यादव, रूपन्देही

८) मिर्जा अरसद वेग, कपिलवस्तु

कर्णाली प्रदेश

१) धीरेन्द्र श्रेष्ठ, सल्यान

२) माधव ढकाल, सुर्खेत

३) कमल शाही, सुर्खेत

सुदूरपश्चिम प्रदेश

१) डम्मरबहादुर सिंह, डोटी

२) गणेशदत्त भट्ट, डोटी

३) मानबहादुर रावल, बाजुरा

४) पुस्कर राज जोशी, बैतडी

५) मोहन थापा, बैतडी

६) राजेश भण्डारी, कैलाली

७) लालबहादुर कठायत, डोटी

८) कर्ण कुवँर, कैलाली

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...