महिला क्रिकेट टिममा चरम विवाद, नयाँ प्रशिक्षकको खोजी

Indian w crick 0loyctqxha

काठमाडौं । भारतमा फेरि महिला क्रिकेट टिमको प्रशिक्षक खोज्न सुरु भएको छ ।

हालै भएको विश्वकप क्रिकेटमा सिनियर महिला खेलाडी मिताली राजलाई प्रशिक्षक रमेश पवारले नखेलाएपछि बढेको विवादसँगै प्रशिक्षक पवारको ३ महिने कार्यकाल पूरा भएको छ ।

उनको कार्यकाल नथप्ने मनस्थितिमा भारतीय क्रिकेट बोर्ड बीसीसीआई पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बीसीसीआईका एक अधिकारीले भने, ‘रमेश पवारको करार सकिएकाले थपिने सम्भावना निकै कम छ ।’

महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध मितालीलाई नखेलाउँदा भारत ८ विकेटले पराजित हुन पुगेको थियो ।

त्यसपछि प्रशिक्षकसँग मितालीको विवाद बढेको हो । उनले आफ्नो करियर सक्काउन प्रशिक्षक पवार लागेको गम्भीर आरोप लगाएकी थिइन् । यसअघि पनि भारतीय महिला प्रशिक्षक तुषार अरोठेमाथि पनि खेलाडीहरुले केस गरे पछि उनले पदबाट राजीनामा दिएका थिए । त्यसपछि पवार नियुक्त भएका थिए ।

पवार गएपछि पनि भारतीय महिला क्रिकेटमा देखिएको विवाद समाधान हुुनेमा भारतीय सञ्चारमाध्यमहरु भने विश्वस्त छैनन् । अहिले नि टी-२० की कप्तान हरमनप्रीत कौर र वनडे कप्तान मिताली राजकाबीचमा मतभेद छ । पछिल्लो घटना क्रममा हरमनप्रीतले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...