राप्रपाले बनायो एकैपटक ९ जना सहायक महामन्त्री

Rpp jhanda

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ९ जनालाई सहायक महामन्त्री मनोनयन गरेका छन् । दुई महिनाअघि पार्टी शुद्धिकरणका लागि सबै पदाधिकारीलाई पदमुक्त गरेको थियो ।

असोज २ मा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी अध्यक्ष कमल थापाले सबै पदाधिकारी पदमुक्त गरेका थिए । तर त्यसको भोलीपल्टै महामन्त्रीमा भाष्कर भद्रा र कोषाध्यक्षमा उद्धव पौडेललार्इ पद बहाली गराएका थिए । अन्य पदाधिकारी भने रिक्त थियो ।

त्यसको झण्डै साँढे दुई महिनापछि अध्यक्ष थापाले बिधान बमोजिम केन्द्रीय सदस्य मोहन श्रेष्ठलार्इ पार्टीको सहायक प्रवक्ता पदमा मनोनित गरेको थियो । त्यसको दुई महिनापछि राप्रपाले ९ जनालाई सहायक महामनत्री नियुक्त गरेको छ ।

अध्यक्ष थापाले पार्टीले विधानबमोजिम राजाराम बर्तौला, भक्तिप्रसाद सिटौला, केदारनाथ कोइराला, बसन्तमान सिंह अधिकारी, न्द्र चित्रकार, प्रेमकुमार श्रेष्ठ (प्रवास), राजेश गिरी, तिर्थराज चटौत र रेणुदेवी साहलाई सहायक महामन्त्रीमा नियुक्त गरेका हुन् ।

सो पार्टीका सहायक प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सहायक कोषाध्यक्षमा विशेश्वर शर्मा सुवेदीलाई मनोनयन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...