३८ बुँदे घोषणापत्र जारी गर्दै सकियो कांग्रेस सभापतिहरुको भेला

Nc savapati vela

काठमाडौं । पार्टीको विधान मस्यौदामा सुझाव दिँदै नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको दुई दिने भेला ३८ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

नुवाकोटको ककनीमा बसेको जिल्ला सभापतिहरूको भेलाले जिल्ला संसदीय बोर्डले स्‍थानीय तह, प्रदेश तह र संघीय तहको उम्मेदवारको सिफारिस केन्द्रीय संसदीय बोर्डले गर्नुपर्ने सुझाव दिइएको छ ।

सबै तहका सभापतिहरू उपल्लो समितिको पदेन सदस्‍य हुनुपर्ने उनीहरूको माग छ । जिल्ला क्षेत्रीय कार्यसमितिहरूको नियुक्ति गर्दा महाधिवेशन प्रतिनिधि महासमिति सदस्यहरूबाट समेत गर्न पाइनुपर्ने उनीहरूको सुझाव छ । प्रत्येक महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको वडामा तोकिएभन्दा बढी जनसंख्‍या भएको अवस्थामा पहिलो प्रति २ हजारमा ३ जना प्रतिनिधि र त्योभन्दा बढी भएकोमा प्रति २ हजार बराबर एकजना रहने गरी व्यवस्था गर्नुपर्ने उनीहरूको सुझावमा उल्लेख छ ।

सुझावमा पदाधिकारीको संख्या बढाउनुपर्ने, मनोनीत गर्नुपर्ने अधिकार केन्द्रीय सभापतिदेखि टोलसभापति सम्मलाई समान रूपले दिने व्यवस्था गर्नुपर्ने, माथिल्लो सदस्‍यले मनोनीत गर्नेमध्ये २ कार्यकाल पूरा गरेका तल्लो निकायका सभापतिहरू मध्येबाट २५ प्रतिशत रहनुपर्ने, समानुपातिकबाट एकपटक मात्र अवसर दिइनुपर्ने लगायतका सुझावहरू उल्लेख गरिएको छ ।

यसअघि पार्टीले विधान मस्यौदामा कांग्रेसको सदस्य र क्रियाशील सदस्य राख्न प्रस्‍ताव गरेको थियो । तर, जिल्ला सभापतिहरूले सम्मानित सदस्य पनि थप्न आग्रह गरेका छन् । स्थानीय तहको अधिवेशन वडा तहबाट आएको प्रतिनिधिबाट गर्नुपर्ने माग उनीहरूको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...