हकी विश्वकपमा भारतको विजयी

Akashdeep singh hvw7dhji87

काठमाडौं । हकी विश्वकपमा आयोजक राष्ट्र भारतले विजयी सुरुवात गरेको छ ।

बुधबार राति भारतको उडिसामा सुरु भएको खेलमा दक्षिण अफ्रिका माथि भारतले ५-० गोल अन्तरले विजयी भएको हो ।

विश्व र्याङकिङमा पाँचौ स्थानमा रहेको भारतले १५औं स्थानको दक्षिण अफ्रिकामाथि सुरुदेखीनै दबाबमा राखेको थियो । भारतका लागि १०औं मिनेटमा मनदीप सिंहले गोल गरेका थिए । पेनाल्टी कर्नरमा रिफ्लेक्ट भएको बललाई सानदार तरिकाले गोलमा परिणत गरेका थिए ।

यसैगरी १२ औं मिनेटमा आकाशदीपले दोस्रो गोल गरे । सिमरनजीतले ४३औं तथा ४६औं मिनेटमा लगातार २ गोल गर्दा ४५ औं मिनेटमा ललित उपाध्यायले गोल गरेका थिए । भारतले हकी विश्वकपमा ४३ वर्ष अघि उपाधि जितेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...