कस्तो पाक्यो त सुजाता किचेनमा ? लन्चले जोड्यो सिटौलासँग सुजाताको बन्धन

Nc ledar

काठमाडौं । यतिवेला नेपाली कांग्रेस नेतृ सुजाता कोइराला र कृष्णप्रसाद सिटौलाको सम्बन्ध निकै न्यानो छ । मधुर छ । त्यसमा मिठास पनि भरिएको छ । त्यसको एउटै मात्र कारण, सिटौलाले देउवालाई जिताउनु गल्ती थियो भन्दै मण्डिखाटारमा सुजाताको दिवा भोजलाई स्वीकार गरिदिए । त्यसअघि नै एकाध बैठक र चियागफ भएकै थिए ।

लामो समयसम्म भित्री रुपमा तित्तता साचेका कोइराला र सिटौला बुधबारको लन्चले सम्बन्धलाई नजिक बनाइदिएको छ । त्यति मात्रै होइन, देउवाविरुद्ध लाग्ने बाटो पनि खोलिदिएको छ ।

सभापति शेरबहादुर देउवाको कार्यशैली र गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका देउवा इतरका नेताले नेत्री कोइराला निवासमा पुनः लन्च बैठक गरे । कोइराला निवासमा सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा लगायतका नेता भेला भएर कांग्रेसको नेतृत्वबारे बहस गरे ।

जाता निवास मण्डिखाटारमा तीन पटकसम्म चलेको लञ्च बैठकले नै यो समूहलाई बलियो बनाएको हो । मण्डिखाटारको चामलमा त्यो दम देखियो जसले विपरित ध्रुवमा उभिएका नेतालाई एकैतिर मुख फर्काउन मात्र होइन, बोलीमा लोली मिलाउन अग्रसर बनायो ।

यसले विभाजित भएको गिरीजाप्रसाद कोइराला कित्ताको कांग्रेसको उदय भएको छ । केही दिनअघि पनि नेत्री कोइरालाकै निवासमा उनीहरू भेला भएका थिए । त्यसअघि महामन्त्री शशांक कोइरालाको निवासमा पनि उनीहरूले छलफल गरिसकेका छन् । पछिल्लो समय शेखर कोइराला, शशांक कोइराला र सुजाताले पनि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाइसकेका छन् ।

देउवा सभापति भएपछि पूर्व संस्थापनका नेताहरू विभिन्न कित्तामा बाढिएका छन् । त्यसैको फाइदा उठाउँदै देउवाले कांग्रेसमा एक्लौटी निर्णय लाद्न थालेपछि सुजाताको प्रयासमा नेताहरू एक ढिक्का हुन तयार भएका हुन् ।

यो समूहले महासमिति बैठकबाट विवादित निर्णय र विधान विपरितका कामलाई बहुमतले आफु अनुकुलतामा पारित गराउने, विधानविपरितका नियुक्तिलाई बदर गराउनेलगायतका कामसँगै आगामी महाधिवेशनमा देउवा कित्तालाई कमजोर बनाउने तयारी गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...