कांग्रेसका जिल्ला सभापतिहरुको भेला शूरु हुदैं

Nepali congress

काठमाडौं । बुधबार कांग्रेसको जिल्ला सभापतिहरुको भेला शूरु हुँदैछ ।

नुवाकोटको ककनीमा शुरु हुन लागेको भेलामा पार्टीले बनाइरहेको नयाँ संरचना अनुसारको विधानमा सभापतिको अधिकारलाई कसरी सुरक्षित गर्ने भन्ने बिषयमा छलफल हुने बताइएको छ ।

आजबाट हुने कांग्रेसको महासमिति बैठकका विषयमा जिल्ला सभापतिको समानधारणा बनाउनेतर्फ छलफल गरिने भएको छ ।

भेलापार्टीको नयाँविधानमा केन्द्रीय र जिल्ला सभापतिको अधिकार र महासमिति बैठक विषयमा केन्द्रीत हुनेछ । कांग्रेसले विधान संशोधन समितिमा रोल्पा सभापति अमरसिंह पुन र ललितपुर सभापति मदन अमात्यलाई राखेर संशोधन कार्य तीव्र बनाएको छ ।

भेलामा जिल्ला सभापतिले केन्द्रमा देखिएको विवादबाट मुक्तहुन नेतृत्वलाई सुझाव दिने तयारी रहेको डोटी जिल्ला सभापति प्रदिप देउवाले बताए । कांग्रेस भित्रको नेतृत्वबीच नै विवाद बढ्दै गएपछि तल्ला समितिका नेता,कार्यकर्ताहरु रुष्ट बन्दै गएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...