टि-ट्वान्टी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

Cricket440

काठमाडौं । आईसीसी टि-ट्वान्टी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।

वेष्ट इन्डिजमा आज विहान भएको फाइनलमा इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि कब्जा गरेको हो ।

१०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १५.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गररेको हो ।

अष्ट्रेलियाका लागि अश्लेइघ गार्डनरले अविजित ३३ र कप्तान मेग लनिङले अविजित २८ रन बनाएसँगै अष्ट्रेलियाले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभर सकिन २ बल बाँकी छदा सबै विकेटको क्षतिमा १०५ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि ड्यानिली व्याटले रन बनाएकी थिइन् । बलिङतर्फ अष्ट्रेलियाकी अश्लेइघ गार्डनरले ३ विकेट लिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...