कांग्रेस सभापति देउवा निरंकुश बने : केसी

Arjunnarsing kc

रुपन्देही । कांग्रेस सभापति शेरबहादुर देउवा निरंकुश बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले यस्तो आरोप लगाएको हुन् ।

यस्तै नेता केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढंगबाट नभई निरंकुश ढंगबाट चलेको आरोप लगाए । पार्टी संस्थामुखी नभई व्यक्तिमुखी भएको भन्दै व्यक्तिप्रधान भएर गरिएका निर्णय मान्य नहुने उनले प्रष्ट पारे ।

कांग्रेस नेता केसीले पार्टी पदाधिकारीमा सामूहिक नेतृत्वमा जानुपर्ने बताउँदै व्यक्तिमुखी हुँदा नेपाल विद्यार्थी संघ पनि संस्थागत हुन नसकेको दाबी गरे । पार्टी संस्थागत संरचनाको नयाँ दिशामा प्रवेश गर्न लागेकाले आगामी दिनमा विधि र प्रक्रियासम्मत ढङ्गले अगाडि बढ्ने उनले बताए ।

यसैगरी उनलेसङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनका लागि सरकार नै अनिच्छुक देखिएकाले गणतन्त्र संस्थागत हुन नसकेको पनि धारणा राखे ।

प्रतिकृया दिनुहोस